About the author
बिपी कोइराला
बीपी कोइराला नेपाली राजनिती र साहित्य क्षेत्रमा कुनै नौलो नाम होइन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता कोइरालाको जन्म वि.सं.१९७१ भदौ २४ मा बनारसमा भएको हो । उनका बाबुको नाम कृष्णप्रसाद कोइराला हो भने आमाको नाम दिव्या कुमारी । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरि वि.सं. २०१५ सालमा नेपालको २२ औं प्रधानमन्त्री बनेका थिए ।