About the author
बालकृष्ण सम
जहानियाँ एकतन्त्रीय राणाशासक परिवारमा नै बालकृष्ण समका बुबा समरशमशेर जबराको जन्म भएको थियो । समरशमशेर तथा आमा कीर्तिराज्यलक्ष्मी राणाका सुपुत्रका रूपमा समको जन्म संवत् १९५९ माघ २४ गते ज्ञानेश्वरमा भएको थियो । समका बाजे जनरल डम्बरशमशेर अत्यन्तै मापाका, कठोर र क्रूर थिए । एउटा तानाशाही परिवारभित्र पनि दयालु नरम र शिष्ट व्यक्तित्वको अवतरण हुँदो रहेछ भन्नुको प्रमाण समरशमशेरका छोराहरू पुष्करशमशेर र बालकृष्ण समको जन्मले स्पष्ट पार्यो ।