जीवनवृत्त

शहरको मूलठाउँ, मूलसडक, यसको छेवैमा रहेको एउटा ठूलो रेष्टूराँ । यो रेष्टुराँ शहरका अरू किमती रिेष्टुराँ जस्तै किमती छ । जो–कोही मानिस यहाँ आएर चिया सम्म खान सक्दैनन् । रेष्टुराँमा जान खुड्किला चढेर जानुपर्छ । खुड्किला चढिसकेपछि ढोकामा भित्रपट्टि उभिएको पालेले ढोका खोलिदिन्छ र सलाम मार्छ । रेष्टुराँभित्र पूर्व–पश्चिममा टेबुलहरू उत्तर–दक्षिण गरी लहरै राखिएका छन् । बीचबाट हिँड्ने बाटो छोडिएको छ । टेबुलका दुइतिर ग्राहक बस्नका लासिग लचकदार गद्दाहरू छन् । भूइँमा मूल्यवान कार्पेट ओछ्याइएको छ । भित्तामा आकर्षक ठूलठूला चित्रहरू टाँगिएका छन् । बत्तीको झकिझकाउ छ ।

LANGUAGE: Nepali
CATEGORY: Story
SUBJECT: Nepali
GRADE: NA
(The selection of grade/s for a book is our recommendation only. You can use your discretion for its appropriateness for the grade/s)