उखानका केही उदाहरणहरु पनि हेरिहालौं । एउटा छ ‘बाहुनक्षत्रीको कोखामा दाँत‘, अर्को ‘नेवार इष्ट हुँदैन, बाबु दुष्ट हुँदैन‘, अझ अर्को ‘कामी ढर्रा‘दमाइँ स्वाङ ।‘ यस्तै अरु पनि छन्, जस्तै– ‘राई र पँधेरा चिसो‘, ‘मगर गिट्ठा भ्याकुर‘, ‘तामाङ भोटे गाई खरानी‘ आदि ।
यी उखानहरुले विभिन्न जात र वर्गको ‘इन्हेरेन्ट‘ चरित्र (गुण–दोष) देखाउन चाहेका होलान्, तर हरेक जातका जम्मै व्यक्तिमा एउटै गुणदोष हुन्छ भन्नु‘भदौमा अन्धो भएको गोरुले सबै हरियैहरियो‘ देखे झैं हुन्छ ।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424