About the author
गीता केशरी
१९९७ साल असार २० गते पकनाजोल, काठमाडौंमा जन्मेकी गीता पन्त नेपाली साहित्यमा गीता केशरीका नामबाट प्रसिद्ध छन् । राजनीतिशास्त्रमा एम्.ए. गरी केही समय श्री ५ रत्नराज्य लक्ष्मी हाईस्कुल, वानेश्वरमा शिक्षण गरेपछि यिनले शाही नेपाल वायुसेवा निगममा सहायक बिक्री अधिकृतबाट सेवा सुरु गरिन् र निर्देशकसम्म भई त्यस संस्थाबाट सेवा निवृत्त भइन् ।