तरुण तपसी

कवि शिरोमणि लेखनाथ पौड्याल |

धेरै चर्चित बन्न पुगेको ‘तरुण तपसी’ लाई कविले नव्यकाव्य मानेका छन् । यस काव्यलाई महाकाव्य मान्दा अनेक तर्क, वितर्क र विवाद उत्पन्न होला भन्ने आशंकाले नव्यकाव्य भनिएजस्तो लाग्दछ । पूर्वीय लक्षणशास्त्रले परिभाषा गरेझैँ यसमा धीर, शूर, वीर, प्रतापी नायक नभएको र युद्ध–वर्णन, कल्याहरणको अभाव तथा सामाजिक जीवनका आरोह–अवरोहसम्बन्धी वर्णनहरू समेत पातला भएका हुँदा महाकाव्य भन्ने जोखिम नउठाइएको हुन सक्छ । कवि शिरोमणिलाई महाकवि बन्ने उत्कट अभिलाषा त हुँदो हो तर देवकोटाका ‘शाकुन्तल’ र ‘सुलोचना’ जस्ता महाकाव्यले उनलाई झस्काइ दिएका हुन सकछन् । तसर्थ लेखनाथले तरुणतपसीलाई महाकाव्य नभनी ‘नव्यकाव्य’ भनेको पाइन्छ । ‘नव्यकाव्य’ शब्द आफैंमा अनूपम देखिन्छ । ‘तरुण तपसी’ लाई ‘नवकाव्य’ शब्दले नवीनता र मौलिकता समेत प्रदान गरेको हुँदा यो काव्य महनीय बन्न पुगेको छ ।

LANGUAGE: Nepali
CATEGORY: Poetry
SUBJECT: Nepali
GRADE: NA
(The selection of grade/s for a book is our recommendation only. You can use your discretion for its appropriateness for the grade/s)