खण्डकाव्यकार लेखनाथ पौड्याल (वि.सं.१९२२-२०४१) द्वारा लिखित ‘ऋतुविचार’ खण्डकाव्य ऋतु परिवर्तनको आधारमा प्रकृतिको चित्रण गर्दै सामाजिकतातर्फको चासो नै यसको मुख्य विषय हो । संक्षेपमा भन्नुपर्दा ६ वटै ऋतुहरूको आगमन-प्रत्यागमनसँगै देखापर्ने सामाजिक स्थिति मानिसको मानवीय स्वभाव र क्रियाकलापको समेत झलक दिन काव्य सफल भएको छ । प्रकृतिका वाह्य तथा आन्तरिक तत्त्वको खुलासा गराउने यो ऋतुकाव्य ६ वटा ऋतुहरूको चित्रण खिच्दछ । यस काव्य प्रकृति चित्रणमा वसन्तबाट सुरुभइ शिशिरविचारमा पुगेर पूरा भएको छ । यस आलेखमा ‘ऋतुविचार’ खण्डकाव्यमा समाविष्ट ‘हेमन्तविचार’ को विश्लेषण गरिएको छ ।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424