भानुभक्तको रामायण

भानुभक्त आचार्य |

भानुभक्तको रामायण व्यासद्वारा रचित अध्यात्म रामायणको भावानुवाद हो। लोकको हित गर्ने इच्छा भएका नारद ऋषिको उद्देश्य अनुसार ब्रह्माजीसँगको संवादमा उक्त रामायणको महत्व दर्शाइएको छ। लोक कल्याण गर्ने सरल उपायको खोजीमा पार्वतीले प्रश्न गर्ने र शिवजीले जवाफ दिने गरी भगवान श्रीराम नै यो संसारबाट पार लगाउने परमात्मा हुन् भन्ने पुष्टि गरिएको छ। अध्यात्म रामायण यसैको नेपाली भाषामा सरल भावानुवाद हो। भानुभक्तीय रामायणभित्र आत्मवोध गराउने व्यावहारिक सूत्रहरू छन्। अन्त्यमा श्रीराम, लक्ष्मणबीच भएको संवादको प्रतिफल वेदान्त दर्शनसँग सम्बन्धित ‘रामगीता’ रहेको छ। ‘कार मात्रम् सःचराचरम जगत्’ यो रामगीताको उक्ति हो।

LANGUAGE: Nepali
CATEGORY: Drama
SUBJECT: Nepali
GRADE: NA
(The selection of grade/s for a book is our recommendation only. You can use your discretion for its appropriateness for the grade/s)