भीमसेन थापाको समयमा लेखिएको यो रामायण लेखोटका रूपमा डेढ शताब्दीसम्म एक जना नैष्टिक ब्राह्मणका घरमा पुजाकोठामा पूजिएर बसेको थियो। भीमसेन थापाको पतनपछि केही समयलाई नेपालका मुख्तियार (प्रधानमन्त्री) भएर बसेका रङ्गनाथ गुरुज्यू (पौडेल) का परिवारजनहरू त्यसपछि भागेर गई राजधानीबाट धेरै पर दुर्गम सिसौट गाउँ (तत्कालीन रौतहट) मा लुकेर बसेका थिए। त्यो लेखोट किताप पनि उनीहरूसँगै त्यता पुगेको थियो।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424