निर्वासन

रूद्र ज्ञवाली |

समसामयिक नेपाली कथाका क्षेत्रमा कलम दगुराउने सशक्त स्रष्टा हुन् रुद्र ज्ञवाली । वि.सं. २०२० कार्तिक १ गते गुल्मीको ग्वादीमा जन्मेका ज्ञवालीका निर्वासन कथा संग्रह (२०५८), सपना फुल्ने रातहरु गजल संग्रह (२०६१),विवरुका कथाहरु संयुक्त लेखन (२०६६) प्रकाशित रहेका छन् । अत्यन्त प्राचीन र रोचक विधा कथा मानवीय संवेदनालाई रोचक ढंगले प्रस्तुत गर्ने भएकाले यो पछिल्लो समयमा लोकप्रिय हुँदै गएको देखिन्छ । छोटो किस्सा, सीमित पात्र, सीमित उद्देश्य, सीमित परिवेश र कल्पना भन्दा बढी यथार्थ प्रकट हुनु कथाको मूल विषेशता हो । कथाकार ज्ञवालीले यिनै कुराहरुलाई समेटेर कथा लेख्ने गरेको पाइन्छ ।

LANGUAGE: Nepali
CATEGORY: Story Book
SUBJECT: Monthly Reading Book
GRADE: 10
(The selection of grade/s for a book is our recommendation only. You can use your discretion for its appropriateness for the grade/s)