नेपाली समाजको एक तप्का अर्थात् वर्चस्वशाली खस–आर्यले औधि खुसी मनाए । नयाँ संविधानलाई मैनबत्ती बाली, नाचगान गरी स्वागत गरे । त्यसको ठीक विपरीत मधेसमा निस्पट्ट अँध्यारो थियो र ब्ल्याक आउट गरी मधेसीले नयाँ संविधानको चर्को विरोध गरे । आदिवासी जनजाति किंकर्तव्यविमूढ देखिए, न खस–आर्यले जस्तै खुसी मनाए, न त मधेसीजस्तै दु:खी हुन सके । यस अवस्थाको चित्रण गरी संविधान घोषणा भएको रात मैले आफ्नो फेसबुक एकाउन्टमा ५६ शब्दका दुई वाक्य अंग्रेजीमा कोरेको थिएँ । त्यसको नेपाली भावानुवाद यस्तो हुन्छ— जीवनको ५५ वसन्तमा मैले पहिलोपल्ट दुई नेपाल देखेँ, एउटा नेपालमा विजयभावको उल्लासमय जुलुस देखियो भने अर्को नेपालमा कालो झन्डासहितको विरोध प्रदर्शनको तस्बिर । तसर्थ नयाँ संविधानले राष्ट्रिय एकता र अखण्डतालाई अझ मजबुत पार्छ भन्ने दाबीलाई विश्वास गर्न गाह्रो छ ।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424