नेपाली वाङ्मयका विविध शाखा प्रशाखामध्ये आख्यान एउटा महत्त्वपूर्ण अस्तित्व राख्ने शाखा हो । आख्यानभित्र पनि बृहत् आयाममा संरचित आख्यान, मध्यम आयाममा संरचित आख्यान र लघु वा लघुतम आयाममा संरचित आख्यानहरू पर्दछन् । त्यही आख्यान भित्र पर्ने लघुकथा नेपाली कथामा लघु आयाममा संरचित कथा हो (गौतम, २०६८:५) । अङ्ग्रेजीमा story / short story अर्थात् कथा र लघुकथा गरी कथाका दुई भेदहरू पाइन्छन् भने अङ्ग्रेजीको Short story नेपालीको लघुकथा भन्दा नेपालीमा प्रयुक्त परम्परित कथासँग नजिक देखिन्छ । Short story को नेपाली अनुवाद लघुकथा भए पनि स्वरूप, संरचना, तत्त्वमा फरक देखिन्छ । अङ्ग्रेजी साहित्यमा कथालाई Short story भनिन्छ भने लघुकथालाई short short story, micro story भनी चिनिन्छ (निखिल, २०५९:१) । आख्यान साहित्यको लघुतम विधा भनेर चिनिएको वर्तमान अवस्थामा अङ्ग्रेजीको micro story का रूपमा आएको लघुकथा कथाको छोटो रूप मानिँदैन (गौतम, २०६८:५) । व्यस्त र यान्त्रिक युगका कारणले गर्दा समय थोरै बनेको छ ।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424