उन्मुक्त आकाशका रचनाहरू लयबद्ध छन्। पूर्वापर प्रसङ्गविहीन छन्, एकश्लोकी छन्, च्वास्स मन छुने खालका छन् अर्थात प्रभावकारी वा चोटिला छन्। यिनमा एउटै श्लोकभित्र विषयवस्तु वा प्रतिपाद्यको उठान, विस्तार, उत्कर्षात्मक समापन छ। एउटा मुक्तक हुन अपेक्षित सबै तत्व वा लक्षण यिनमा पाइने हुँदा यी रचना मुक्तक हुन्। मुक्तकका लागि शीर्षक हुनु जरुरी छैन, तर यहाँ हरेक मुक्तकले शीर्षक पाएका छन्।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424