महाराज जङ्गबहादुरका विषयमा नेपालमै पाइएका मौलिक अभिलेख-सामग्रीहरू प्रयोग गरी लेखिएका मेरा २०\२२ ओटा ऐतिहासिक लेख निबन्धहरूको सँगालो हो यो पुस्तक। २०४० सालमा प्रकाशित भएदेखि नै यसको चर्चा परिचर्चा निकै भैरहेछ। किनभने जङ्गबहादुरका बारेमा यति धेरै सत्य तथ्यहरू यसअघि कतै उपलब्ध थिएनन्। यसको भूमिकामा स्वयम् इतिहासकार सूर्यविक्रम ज्ञवालीले भन्नुभएको छ “..जङ्गबहादुरका चरित्रको मूल्याङ्कन गर्न खोज्ने इतिहासकारलाई धेरै सहयता पुग्नेछ। यो पुस्तकका विद्वान् लेखकले इतिहासको क्षेत्रमा अनुसन्धान गर्ने व्यक्तिका हातमा ठूलको साधन पारिदिनुभएको छ”।
Sifal, Kathmandu, Nepal
Email: [email protected]
Contact Number: 01-4485-424